शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेले माग्यो सभामुखको राजीनामा !

एमालेले माग्यो सभामुखको राजीनामा !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ । मंगलबार सुरु भएको राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सभामुख सापकोटाको राजीनामा माग गरेका हुन ।

बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए ।

सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ जना सांसदलाई कारबाही गरेको सिफारिस अनुसार पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोप लगाए ।

‘हामी सोध्न चाहन्छांैं–कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लंघन गर्नहुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनुपर्छ,’ उनले भने , ‘यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने त्यस्तो व्यक्ति कुर्सीमा बस्न लायक हुँदैन, तत्काल उहाँले निकास दिनुपर्छ, त्यो भनेको राजीनामा हो ।’

सांसद श्रेष्ठले गैर सांसदहरूलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ?  भनि प्रश्नसमेत गरे । उनले संविधान विपरीत, संसदको मर्यादा विपरीत आफ्नो दलले कारबाही गरेर १४ सांसदलाई सभामुख सापकोटाले पदमुक्त नगरेसम्म राष्ट्रियसभा पनि चल्न दिने अवस्थामा आफ्ना पार्टी नरहेको स्पष्ट पारे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend