काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को विस्तार हुने बताएका छन्।
प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भन्दै यसको खारेजी गर्नुपर्ने बताएका हुन् । हालसम्म मन्त्रालयको बाँडफाँट पनि नभएको उनले जानकारी दिए।
उनले भने, ‘पहिलो कुरा सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँट हुनुपर्छ। त्यो भइसक्या छैन। दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश खारेज हुन्छ। र त्यो खारेज हुनेवित्तिकै मन्त्रिपरिषद्को विस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ। र अब हामी यसलाई चाँडै गछौँ। यो गलत छ। दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने, विकृति फैलाउने दलहरु भित्र र त्यसले अन्तत्वगत्वा लोकतन्त्रलाई अस्थिर बनाउने खालको अध्यादेश भएको हुनाले त्यसलाई खारेज गर्ने र मन्त्रिपरिषद् विस्तार गरिन्छ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend