काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार बिहानैबाट सिंहदरबारमा ‘वान टु वान’ वार्ता चलिरहेको बताइएको छ । सत्तारुढ गठबन्धनका मुख्य दुई दलका अध्यक्षहरुबीच भइरहेको भेटवार्ता एमसीसी र चीनसँगको सीमा विवाद केन्द्रित भइरहेको बताइएको छ ।
सम्झौताका लागि एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स आगामी साता नेपाल भ्रमणमा आउदै छन् । उक्त बिषयमा के कस्ता बिषयहरु समावेश गरेर कुन ढंगले प्रस्तुत हुने भन्ने बिषयमा उनीहरुको छलफल केन्द्रित भएको अनुमान गरिएको छ ।
बिगतमा अध्यक्षद्वय ‘प्रचण्ड’ र नेपाल एमसीसीको बिपक्षमा रहेको थिए । तर पछिल्लो समय उनीहरु संशोधनसहित लागू गर्ने पक्षमा देखिएका छन् । साथै उनीहरुबीच जुम्लामा चीनले नेपाली भूमि अतिक्रमण भएको या नभएको भन्ने बिषयमा पनि छलफल भइरहेको बताइएको छ ।
यसअघि सरकारले उक्त बिषयमा अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।्
तर सीमा तथा कूटनीतिक मामिलाका जानकारहरूले भने सरकारको उक्त निर्णयले चीनसँगको नेपालको सम्बन्ध बिग्रन सक्ने प्रतिकृया दिइरहेका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend