शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै यसो भन्छन् गगन थापा

जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै यसो भन्छन् गगन थापा

 

फाइल तस्वीर
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले क्रियाशील सदस्यता अविलम्ब सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको माग जायज भएको बताएका छन् । उनले क्रियाशील सदस्यताबारे सबैले थाहा पाउनुपर्नेमा जोड दिँदै सार्वजनिक नगरी एकैपटक अधिवेशनमा जाँदा समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

मंगलबार पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै नेता थापाले क्रियाशील सदस्यताबारे उठेका प्रश्नको सम्बोधन गर्न सार्वजनिक गर्नुपर्ने बताए । ‘कतिपय जिल्लामा नियतवस क्रियाशील सदस्यता छुटाइएको छ, कतिपयको भुलवस छुटेको छ । त्यो सबै थाहा पाउनुपर्छ,’ उनले भने, ‘क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्छ भन्ने कुरामा मेरो ऐक्यवद्धता छ । यसबारेमा पार्टी सभापति र पदाधिकारीहरुलाई पनि भन्छु ।’

उनले अधिवेशनमा सहभागी हुन गाउँमा जाँदै गर्दा क्रियाशील सदस्यताबारे जानकारी पाउनुपर्नेमा जोड दिए । ‘देशभरका साथीहरु पार्टी अधिवेशनमा सहभागी हुन जाँदै गर्दा मलाई अन्याय भयो, विभेद भयो भन्ने अवस्था नआओस् । र, यो नगरी एकैपटक निर्वाचन समितिमार्फत अधिवेशनमा गयौं भने वडा–वडामा समस्या आउन सक्छ । भोलि अप्ठ्यारो आउन नदिन हामी आज सजग हुनैपर्छ ।’

सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend