काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झन शक्तिशाली बन्दै गएका छन । फुटको पछि कुनै नेता जान चाहेका छैनन् । पाटी एकता नै आजको आबश्यकता हो । इतिहासमा फुटको पछि लाग्ने पतन भएका छन । त्यही भएर १० बुँदे सहमति कार्यन्वयनका लागि नेकपा एमालेमा सहमति जुटेको छ । सचिव योगश भट्टराईले नेकपा एमालेमा लामो समयदेखि रहेको विवाद मिलेको बताएका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँग करिब पाँच घण्टा भएको छलफलपछि उनले यस्तो बताएका हुन् ।
सचिव भट्टराईले १० बुँदे कार्यान्वयमा अध्यक्ष ओलीसहित आफूहरू पनि सहमत भएकोले कार्यकर्तालाई विचलित नभइ एमालेमा एकतावद्ध हुन उनले आग्रहसमेत गरेका छन्। ‘१० बुँदे कार्यनवयन गरेर पार्टीलाई एक ढिक्का राख्ने सवालमा अध्यक्ष कमरेडले प्रतिवद्धता जनाउनु भएको छ ’ बैठकपछि बालकोटमै भट्टराईले सञ्चारकर्मीसँग भने ‘अब एमालेकोे किवल्प खोजेर कोही कसैले पनि जानु पर्दैन । सबै कमरेडहरुले यही जिम्मेवारी पाउनुहुन्छ । ’
सचिव भट्टराईले अब २०७५ साल जेठ २ गतेसम्मका केन्द्र,प्रदेश,जिल्ला,स्थानीय तह,वडा र जनवर्गीय संगठनका सबै कमिटीहरु सक्रिय हुने बताए ।
सचिव भट्टराईले एमाले नयाँ पर्टी दर्ताको प्रक्रियाबाट फिर्ता भए माधव नेपाल लगायत १४ जना नेताहरु माथी भएको कारबाही फिर्ता हुने बताए। ‘उहाँहरु एमालेमा फर्किए चालु विवादका कारण कसैलाई पनि कारबाही हुदैन’ भट्टराईले भने ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend