१४ पुष काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारमा उदय राज अधिकारी सहित समानुपातिक तर्फ र प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको छ। पाल्पा रम्भाका युवा नेता उदयराज अधिकारी प्रतिनिधि सभा निर्बाचको समानुपातिक युबा ,खस आर्य कल्स्टर बाट लुम्बिनी प्रदेश सम्पर्क समन्वय समितिबाट सिफारिस भएका हुन ।
नेकपाको लुम्बिनी प्रदेश संघीय सम्पर्क समितिको बैठकले महिला, दलित, आदिवासी जनजाति, खसरआर्य र पिछडिएको क्षेत्रलाई समेट्दै उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको हो। पार्टीले समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिएको बताएको छ।
प्रत्यक्षतर्फ सिफारिस उम्मेदवारहरूमा रुपन्देहीबाट श्रीधर खनाल, प्यूठानबाट रविन्द्र के.सी र बाँकेबाट तेज रेग्मी रहेका छन्।
यसैगरी, अन्य सिफारिस उम्मेदवारहरूमा उदयराज अधिकारी, गीता गहतराज, चित्रबहादुर घर्ती मगर, शुशिला चौधरी, तिलक राज बी.के, विद्या राज पाण्डे रहेका छन्।
संघीय सम्पर्क समितिका इन्चार्ज गीता गहतराज र संयोजक उदयराज अधिकारीले हस्ताक्षर गरेको पत्रमार्फत सिफारिस सूची केन्द्रमा पठाइएको छ। पार्टीले यसरी सिफारिस गरेका उम्मेदवारहरू अन्तिममा केन्द्रको अनुमोदनपछि मात्र प्रत्यक्षतर्फ उम्मेदवार बन्नेछन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend