शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको आजको भाषणले पायो ब्यापक चर्चा, गरे यस्तो टिप्पणी

माधव नेपालको आजको भाषणले पायो ब्यापक चर्चा, गरे यस्तो टिप्पणी

 

 

काठमाडौं ४ पुष ।  नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालको आजको भाषणले चर्चा पाएको छ । उनले आजको भाषणमा एमालेले संसदीय मर्यादा उलंघन गरेको टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई सम्बोधन गर्दै नेपालले सांसदहरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन गरेको टिप्पणी गरेका हुन् ।

उनले पटक–पटक विघटन भएर पुनस्र्थापित संसदलाई एमालेले निरर्थक बनाउने प्रयास गरिरहेको पनि बताए । अध्यक्ष नेपालले एमाले प्रतिगमनको मतियार भएको र नेपाललाई इतिहासको पछाडि धकेल्न खोजेको तर्क गरे ।

नेपालमा गणतन्त्रामक संविधान भएकै कारण संविधान ओलीलाई मन नपरेको उनको भनाइ छ । उनले एमाले नेतृत्वको सरकारले तीन बर्ष बेकारमा खेर फालेको धारणा राखे । कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चका पदाधिकारीलाई सपथ खुवाएका थिए ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend