शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले फेरी पाए यति ठूलो जिम्मेवारी !

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरूङले फेरी पाए यति ठूलो जिम्मेवारी !

 

 

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) ले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो।

केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको गरेको बैठकले नेताहरूको कार्य विभाजनसमेत गरेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिइएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरूङलाई दिएको छ। गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव गुरूङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।

यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख थिए। उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ।

कसलाई के को जिम्मेवारी ?

अध्यक्ष केपी शर्मा ओली  समग्र पार्टी

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल  नीति अनुसन्धान प्रतिष्ठान

उपाध्यक्ष युवराज ज्ञवाली  स्थानीय तह प्रदेश र संघ

उपाध्यक्ष अष्टलक्ष्मी शाक्य  राजनीतिक समन्वय

उपाध्यक्ष रामबहादुर थापा बादल  राष्ट्रिय सुरक्षा

उपाध्यक्ष विष्णु पौडेल  पार्टी संगठन अनुगमन

उपाध्यक्ष सुवास नेम्वाङ  संसदीय अनुगमन

उपाध्यक्ष सुरेन्द्र पाण्डे  राजकीय मामिला

महासचिव शंकर पोखरेल  समग्र पार्टी

प्रदीप ज्ञवाली  स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ  प्रचार विभाग

विष्णु रिमालस् आर्थिक लेखा लगायत

योगेश भट्टराई  स्वास्थ्य तथा जनसंख्या विभाग

भीष्म अधिकारी  कार्यालय सचिव

खगराज अधिकारी  संगठन विभाग

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend