काठमाडौँ २६ मंसिर । नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्ने भएको छ । आज आइतबार बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ ।
आजको बैठकमार्फत ४५ जनालाई स्थायी सदस्य बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेका बुझिएको छ । जसमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, नवौँ महाधिवेशनपछि पोलिटव्यूरोमा रहेका १७ नेता र नवौँ महाधिवेशनअघि नै पोलिटव्यूरो सदस्य रहेर बिचमा छुटेका नेताहरु समेटिने सम्भावना छ ।
शनिबार सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकको पहिलो दिन केही महत्त्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय भएको थियो।
बैठकमा शनिबार शपथ ग्रहण छुटेका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको थियो। बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तय भएको थियो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend