शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ओली विराटनगरमा

ओली विराटनगरमा

 

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न उनी दिउँसो विराटनगर आएका हुन् ।

ओली सहभागी हुने कार्यक्रमका लागि विराटनगर आसपासबाट एमालेका सयौँ कार्यकर्तालाई विराटनगर ल्याइएको छ । कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका अन्य नेता पनि सहभागी हुने बताइएको छ ।

अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend