आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्राकृतिक विपतका पीडितको उद्धारमा जुट्न प्रजातान्त्रिक पार्टी नेपालको अपिल

प्राकृतिक विपतका पीडितको उद्धारमा जुट्न प्रजातान्त्रिक पार्टी नेपालको अपिल

काठमाडौं । प्रजातान्त्रिक पार्टी, नेपालले रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपतबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पीडितको उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ।

पार्टीले २०८३ भदौ ११ गते जारी गरेको विज्ञप्तिमार्फत प्राकृतिक विपतमा परी ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

विज्ञप्तिमा दिवंगतका परिवारजनलाई यस दुःखद घडीमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ। साथै घाइतेको उपचार तथा प्रभावित र पीडित परिवारको उद्धार र सहयोगका लागि सबै सरोकारवाला जुट्नुपर्नेमा जोड दिइएको छ।

प्रजातान्त्रिक पार्टी, नेपालका अध्यक्ष तारानाथ लुईटेलले जारी गरेको विज्ञप्तिमा पार्टीका सबै तहका साथीहरूलाई यस विषम परिस्थितिमा सक्रियतापूर्वक उद्धार तथा राहत कार्यमा सहभागी हुन अनुरोध गरिएको छ।

पार्टीले प्राकृतिक विपतको चुनौती सामना गर्न सबै नागरिक, राजनीतिक दल तथा सम्बन्धित निकायबीच सहकार्य र एकताको आवश्यकता रहेको पनि जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend