काठमाडौं । रोयल इनफिल्डको लोकप्रिय बाइक क्लासिक ३५० को नयाँ ‘गोर्खा एडिसन’ नेपाली बजारमा लन्च भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ्स प्रालिले बिहिबार एक भब्य कार्यक्रममाझ यस नयाँ मोटरसाइकल लन्च गरेको हो । नेपाली बजारमा यसको सुरुवाती मूल्य ५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
भारतीय बजारमा केहि दिनअघि मात्र लन्च गरिएको यो नयाँ मोडल भारतीय सेनाको ऐतिहासिक र साहसी गोर्खा रेजिमेन्टप्रति सम्मान प्रकट गर्न तयार पारिएको हो बाइकमा विशेष ‘गोर्खा ग्रीन’ रङ प्रयोग गरिएको छ भने यसको फ्युल ट्यांक र साइड प्यानलमा गोर्खा रेजिमेन्टको पहिचान स्वरूप क्रस खुकुरी अंकित गरिएको छ ।
बाइकमा साविककै परिमार्जित ३४९ सीसीको जे–सिरिज सिंगल–सिलिन्डर इन्जिन प्रयोग गरिएको छ, जसले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पन्न गर्छ ।यसमा ५–स्पीड गियरबक्सका साथै असिस्ट एन्ड स्लिपर क्लच र टाइप–सी युएसबी फास्ट चार्जिङ पोर्टजस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend