काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। यस मौसमी प्रणालीको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ भने गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। साथै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ। यसैगरी, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्नेछ। महाशाखाका अनुसार विशेष गरी आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।निरन्तरको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिम रहन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend