आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

गठबन्धन बाहिर रहेका कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आह्वान

गठबन्धन बाहिर रहेका कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आह्वान

 

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनेहरु सच्चा बामपन्थी हुनै नसक्ने तर्क गरेका छन । तुल्सीलाल अमात्यको २५ औँ स्मृति दिवसको अवसरमा मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन । उनले गठबन्धन बाहिर रहेका साना कम्युनिष्ट घटकलाई एकतामा आउन आह्वान गरेका छन् ।

कम्युनिष्ट पार्टी सिद्धाउने दुष्ट उदेश्य भएका बामपन्थी भन्नेहरु गठबन्धनमा रहेको भन्दै गठबन्धन बाहिर रहेका कम्युनिष्ट बामपन्थी व्यक्तिहरु शक्तिहरुलाई पार्टी एकताका लागि आह्वान गरेका हुन् ।

त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस देशद्रोही पार्टी भएको आरोप लगाए । मात्रिकाप्रसाद कोइरालाको नेतृत्वको सरकारले नै ११ साल देखि नै देशको हितबिपरितको सम्झौता हुन सुरु भएको उनले बताए ।

उनले मात्रिकाप्रसाद कोइरालाको तत्कालीन सरकारले नै उत्तरी छिमेकी देशको सिमानामा दक्षिणी छिमेकीको फौज लगेर राखेको र स्वाधिवनता बिपरितको काम भएको आरोप पनि लगाए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend