शुक्रबार, कार्तिक १४ २०८३

शुक्रबार, कार्तिक १४ २०८३

यी एजेण्डाले गर्दा माधब नेपाल झन शक्तिशाली बन्दै

यी एजेण्डाले गर्दा माधब नेपाल झन शक्तिशाली बन्दै

 

 

✍️ रामप्रसाद रिजाल, एमालेका वरिष्ठ नेता आदरणीय सम्मानित व्यक्तित्व कमरेड माधव कुमार नेपाल व्यक्ति होइन वहा सिद्धान्त विचार हो चट्टान हो पृथ्वी हो कम्युनिस्ट आन्दोलन संघीय लोकतान्त्रिक व्यवस्था जोगाउने वहां महादेवको रूप हो । देउटाको पनि देउता भनेझै नेपाल नेताको पनि नेता महानेता हो ।

नेता नेपालको वानी व्यवहराले म पनि वहां संग निक्कै प्रभावित भएको छु वहांको विषयमा जसले नकारात्मक टिप्पणी गरीरहेका छन उनीहरुले नेता नेपालको दिन प्रतिदिन लोकप्रियता बढेको देख्न नसकेर नै हो त्यति मात्र होईन साधा जीवन र उच्च विचारका धनी अंर्तराष्ट्रीय समुदायले पनि विश्वास गरेका राष्ट्रवादी र विकासप्रेमी ज्ञानका भण्डार नेता नेपाल को बहुआयमिक व्यक्तित्व को कारण पनि गलत प्रवृत्ति बोकेका राजनीति र पार्टी लाई व्यापार को रुपमा पैसा कमाउन पेसा सम्झेका हरु नेता नेपाल को विरोध गरीरहेका छन तर समयको मांग राष्ट्र को जनता को माग नै नेता नेपाल भईसकेकोले र वहां को भिष्म प्रतिज्ञाले आज पार्टी फुटाउन खोज्ने हरु पार्टीलाई विधिः पद्धितिमा हिडाउन नखोज्नेहरु आज नेता नेपालको अडानमा आउन बाध्य भएका छन नेकपालाई विभाजन हुन नदिन मात्र होइन पार्टी मा देखिएका रोगहरू निराकरण गर्न नेता नेपालले खेलिरहनु भएको भूमिका नेकपाको इतिहासमा लेखिन्छ यसको सम्पूर्ण नेपाली जनताले नेकपा पार्टीले मूल्यांकन गर्नेपर्छ आज नेता नेपालको विचार मार्गदर्शन वहांको मात्र विचार भएको छैन सिंगों पार्टी को विचार पार्टी को सिद्धांत पार्टी को विधान पार्टी को मार्ग दर्शन पार्टी को पद्धति भएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपाल ले पार्टी जोगाउन गरेको त्याग समपर्ण र सहमति लाई कमजोरी नठानी कार्यान्वयन गरौं नेता नेपाल एमाले पार्टी एकताको पक्षमा हुनुहुन्छ वहां एमाले मात्र होइन समग्र कम्युनिस्ट पार्टीहरू नै एकताबद्ध बनाएर लैजाने मनशायमा हुनुहुन्छ नेता नेपालले उठाएका ऐजेण्डाहरुमा नै पार्टीको भविष्य छ ।

एमाले पार्टी र समग्र कम्युनिस्ट आन्दोलन लाई बलियो बनाउने तथा उचाईमा पुर्याउने हो भने शान्ति प्रकृयाका प्रमुख हस्ती अहिलेका कम्युनिस्ट पार्टी हरूकै प्रमुख नेता ओली प्रचण्ड भन्दा पनि सिनीयर कम्युनिस्ट नेता कमरेड माधव कुमार नेपाल को भूमिका पार्टीमा बलियो नबनाई एमाले पार्टी र समग्र कम्युनिस्ट आंदोलन बलियो हुन सक्दैन । यी एजेण्डाले गर्दा माधब नेपाल झन शक्तिशाली बन्दै हुनुनुहुन्छ । लेखकः रामप्रसाद रिजाल नेकपा एमालेका प्रभावसाली युवानेता हुनुनुहुन्छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend