सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मिडिया हाउसको गेटमै गाडी राखेर पत्रकारलाई अवरोध, दोषीमाथि कारबाही गर्न महासंघको माग

मिडिया हाउसको गेटमै गाडी राखेर पत्रकारलाई अवरोध, दोषीमाथि कारबाही गर्न महासंघको माग

काठमाडौं । काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा बेवारिसे कारको शंकास्पद पार्किङ गरी आतंक सिर्जना गरिएको भन्दै नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज (असार २९ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै यसको विरोध गरेको हो ।

विज्ञप्ति अनुसार आज बिहान ७ बजेदेखि नै तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन, नयाँ बानेश्वरको अनलाइन खबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमै सवारी साधन पार्किङ गरी पत्रकारहरूलाई आवतजावत गर्न समस्या सिर्जना गरिएको पाइएको छ ।

तत्काल गाडीको अवरोध हटाई सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा गर्न सम्बद्ध निकायसँग जोडदार माग गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले सञ्चारमाध्यम र पत्रकारको अधिकार उपभोगमा अवरोध पु¥याउने यो निन्दनीय र रहस्यमय घटनाको तत्काल छानबिन गर्न तथा दोषीमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । साथै, उक्त अवरोध हटाउन महासंघले हाल सुरक्षा निकायसँग समन्वय गरिरहेको जानकारी समेत प्रेस विज्ञप्ति मार्फत दिइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend