काठमाडौँ १० श्रावण । प्रभु बैंक लिमिटेड र समर्पण हेल्थ केयर सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स विभागका प्रमुख भेषराज धमला र समर्पण हेल्थ केयर सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक राजथलाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र उक्त सेन्टरबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले समर्पण हेल्थ केयर सेन्टरद्धारा सञ्चालित प्रयोगशाला परिक्षण (रगत, दिसा, पिसाब, खकार) सेवामा २० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ ।
साथै फार्मेसी, ऐस्थेटिक, इसीजी, रेडियोलोजी (युएसजी तथा ईसीओ) सेवामा १० प्रतिशत छुट हुने भएको छ ।
यसका साथै रु २००० भन्दा बढीको औषधी खरीद गर्दा समर्पण हेल्थ केयर सेन्टर देखि २ किमिको दुरी भित्र रहने ग्राहकलाई होम डेलिभरीको व्यवस्था गरिएको छ ।
उक्त सम्झौता अन्तर्गत समर्पण हेल्थ केयर सेन्टरमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हेल्थ केयर सेन्टरका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend