काठमाडौं १० साउन। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बैंकर्स संघका केही पदाधिकारी बीच मंगलबार भेटघाट भएको छ । मौद्रिक नीति जारीपछि मंगलबार भेटघाट भएको हो ।
शुक्रबार जारी मौद्रिक नीतिका बारेमा केही अस्पष्टता रहेको भन्दै बैंकर्स संघले गभर्नर अधिकारीसँग भेट्ने समय माग गरेको थियो। मंगलबार दिउँसो भएको भेटमा बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय, उपाध्यक्ष सुनिल केसी, पूर्व अध्यक्ष अशोक राणा, ज्ञानेन्द्र ढुङ्गनालगायत पुगेका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend