भक्त बहादुर केसी
प्रतिनिधिसभा र प्रदेश सरकारको निर्वाचनमा चुनाबी प्रतिस्पर्धामा चुनावी सफलता तिन राजनीतिक ब्लकहरूको स्पष्ट कटौती गर्न वैचारिक विकल्पहरू बीचको ध्रुवीकरण र प्रतिस्पर्धाद्वारा हावी हुनसक्छ।
संसदीय निर्वाचन आउन तिन महिना बाँकी रहेका बेला प्रमुख दलहरू जनसरोकारका मुद्दामा चर्को बहस गर्नुको सट्टा प्राविधिक विषयमा आरोप–प्रत्यारोप गर्न थालेका छन् । सत्तारूढ र प्रमुख विपक्षी दल संग जितको राजनीति गर्ने हो भने स्मार्ट सोच लिएर सा साना राजनीतिक पार्टी विकल्पको चुनाबी मोर्चाको तयारीमा लाग्नु पर्छ । नयाँ राजनीतिक विकल्प खोज्न प्रेरित हुनु पर्छ ।
धेरै मतदाताहरूले तिन ब्लकहरूलाई हराउन र विकल्पको सानो दलको गठबन्धन बल पुर्याउने छन् । अबको चुनावमा उल्लेखनीय परिणाम पाउनको लागि अभियानमा लागेकाहरु र स साना पार्टीहरु मिलेर चुनाबी मोर्चा तयार गरि एक मात्र चुनाब चिन्न लिएर मिलेर लड्नु पर्छ। त्यसो गर्दा अधिकतम ठाउँमा जित हुनेछ । अनि समानुपातिक प्राप्त मतले देशलाई मार्ग दर्सन दिनेछ ।
चुनाव पार्टीका लागि मिडिया ध्यान राखी राजनीतिक र विकासका लागि लोकप्रियताको आफ्नो पहिलो उपस्थिति बनाउन सक्नु पर्छ । ठूला दलको विचलन र आजको आवश्यकता पैसाको दम्भ वा नेताज्यूहरुको ज्यू हजुरी र चम्चागिरीका आधारमा टिकट पाउने कार्यकर्ता मख्ख र फुरुङ्ग छन् भने त्याग, निष्ठा र इमान बोकेका कार्यकर्ता फ्याकिएका छन् ।
यस्तो खालको स्थिति अमूक दलको मात्र होइन, ठूला भनिएका चारवटै दलभित्रको अवस्था हो ।सच्चा प्रजातन्त्रवादी सत्ता स्वार्थका लागि देशको स्वाधीनता दाउमा राख्दै दलाल शासकहरुले राष्ट्रघाती नागरिकता विधेयक पारितसँगै फिजीकरणको जोखिममा नेपाललाई पुर्याउन खोजएको छ । नेपालको स्वाधीनता र सार्वभौमिकतामाथि एकपछि अर्को चुनौती थपिने क्रम जारी छ।
नेपाली नागरिक दिक्क छन् बिकल्प खोजिरहेको बेला सबै सानो सानो पार्टी मिलेर चुनाबी रणनीति बनाउनु पर्छ राष्ट्रबादी शक्ति बन्न सक्छ ठुलो अन्तरक्रियात्मक समुदायले सहयोग गर्ने छन् । जवान टेलेन्ट, बौद्दिक , उद्योगी व्यापारि कर्मचारी र बिभिन्न सेवामा लागेका पेशेवरहरूले समेत साथ दिने देखिन्छ ।
आउने निर्वाचनमा आफ्नो मत खेर नजाओस् भन्ने चाहनुहुन्छ भने , एउटै चुनाव चिन्ह , एउटै नारा , एउटै सोच, लिएर लल्कार्नु पर्छ । भ्रष्ट, बिश्वास घाती , देशद्रोही सिद्धान्त लिएकाहरुलाई हराउने हो भने सबै मिलेर देशको फाइदाका लागि एजेन्डा निर्धारण गरी एउटा चुनाब चिन्नमा लड्नु पर्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend