आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रतिनिधिसभा बैठकमा एमालेको कडा प्रश्न

प्रतिनिधिसभा बैठकमा एमालेको कडा प्रश्न

 

काठमाडौं ८ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्न सरकारले किन ढिलाइ गरिरहेको छ ?  भन्दै कडा प्रश्न गरेका छन् ।

 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चुनाव नगराउने मनसायले सत्ता गठबन्धन लामो समय टिकाउनका लागि निर्वाचनको मिति घोषणा नगरेको हो ? भन्दै प्रश्न गरे ।

“गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ ? गठबन्धनको गाँठागुठी नमिलेर हो कि ?  आशीर्वाद लिन गएको ठाउँबाट आर्शीवाद नपाएर हो कि ? ,” उनले सोधे, “या चुनाव नगराउने मनसायले गठबन्धन लामो समयदेखि टिकाउनको निम्ति हो ?  जनता जान्न चाहन्छन् ।”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend