सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  टेकबहादुर पुनको अपिल : आदिवासी जनजाति कोटामा मलाई मतदान गर्नुहोस्

  टेकबहादुर पुनको अपिल : आदिवासी जनजाति कोटामा मलाई मतदान गर्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य पदका आदिवासी जनजाति कोटाका उम्मेदवार टेकबहादुर पुनले पार्टीको आगामी महाधिवेशनमा आफ्नो पक्षमा मतदान गर्न पार्टी प्रतिनिधिहरूसँग अपिल गरेका छन्।

असार ७, ८ र ९ गते हुने रास्वपाको ऐतिहासिक महाधिवेशनलाई लक्षित गर्दै उनले प्रतिनिधिसभा निर्वाचनको अनुभव स्मरण गराउँदै प्रत्येक मतको महत्व अत्यन्त ठूलो हुने बताएका छन्। उनले केही मतको अन्तरले निर्वाचनको परिणाम मात्रै होइन, पार्टीको भविष्यसमेत प्रभावित हुन सक्ने उल्लेख गरेका छन्।

पुनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्राप्त गरेको मतपरिणामलाई उदाहरण दिँदै सबै नेता तथा कार्यकर्ताले अझ बढी सक्रियता देखाएको भए संसद्मा पार्टीको उपस्थिति अझ बलियो बन्न सक्ने धारणा व्यक्त गरेका छन्। उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई आफ्नो एक–एक मत सोचविचार गरेर प्रयोग गर्न आग्रह गरेका छन्।

आदिवासी जनजाति कोटातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार रहेका पुनले आफूलाई विजयी गराएर संगठनलाई थप सुदृढ बनाउन, जनताको आवाजलाई प्रभावकारी रूपमा केन्द्रीय तहसम्म पुर्‍याउन तथा सक्षम नेतृत्व निर्माणको अभियानमा साथ दिन आग्रह गरेका छन्।

बाग्लुङ जिल्ला कार्यसमिति सदस्यसमेत रहेका पुन प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार (२०८२) तथा रास्वपाका केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि हुन्। उनले पार्टीभित्र इमानदार, जिम्मेवार र जनमुखी नेतृत्व निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिहरूको विश्वास र समर्थनको अपेक्षा गरेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend