आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब

 

 

काठमाडौं १५ असार । एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का नेता तथा कार्यकर्ताले कुनै दलसँग गठबन्धन नगरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जान नेतृत्वलाई दबाब दिएका छन् । अहिले सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादीले नेकपा एसलाई हेपेका कारण अबको निर्वाचनमा गठबन्धन नगरी एक्लै जनतामाझ जान राष्ट्रिय प्रतिनिधि परिषद्मा सहभागी नेता तथा कार्यकर्ताले नेतृत्वलाई दबाब दिएका हुन् । नेकपा एस पनि सत्ता गठबन्धनमा छ।

नेकपा एसको दुई दिनसम्म काठमाडौँमा चलेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी अधिकतरले काँग्रेस र माओवादीको हेपाहा प्रवृत्तिले आफूहरूको शिर निहुरिएको बताएका थिए। ुस्थानीय तह निर्वाचनमा अधिकतर स्थानमा काँग्रेस, माओवादीले हाम्रो पार्टी नयाँ भएको भन्दै हेपाहा प्रवृत्ति देखाए, हामीलाई अलमल्याउने काम मात्रै गरेु, परिषद् बैठकमा वाग्मती प्रदेशबाट सहभागीमध्ये प्रतिनिधिले भनेका थिए। वाग्मती प्रदेशबाट सूर्यचन्द्र न्यौपानेले प्रतिनिधिहरूको समग्र धारणा प्रस्तुत गरेका थिए। आजको नागरिक दैनिकमा समाचार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend