आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

उपेन्द्र यादवले थाले यस्तो तयारी

उपेन्द्र यादवले थाले यस्तो तयारी

 

 

काठमाडौँ १४ असार। सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी थालेको छ । जसपाको संस्थापन पक्ष (उपेन्द्र यादव समूह) ले मन्त्री हेरफेरको तयारी थालेको हो ।

पार्टीभित्रै मतभेद बढेपछि डा बाबुराम भट्टराई पक्ष भने अलग हुने तयारीमा छ । तर संस्थापन पक्ष भने भागबण्डा मिलाउन मन्त्री हेरफेरमा लागेको हो । मूलतः जसपाको बाबुराम पक्षमा रहेका कृषिमन्त्री महेन्द्र राय यादवलाई हटाएर नयाँ मन्त्री पठाउने संस्थापन पक्षको तयारी रहेको बुझिन्छ । उनलाई हटाएमा अन्य मन्त्री पनि फेरिने बताइएको छ ।

सोमबार साँझ बोलाइएको कार्यकारिणी समिति सदस्यहरुको अनौपचारिक लामा संस्थापन पक्षका २० जना सदस्यहरु उपस्थित रहेको बताइएको छ । आगामी संसदीय तथा प्रदेश सभा चुनावलाई ध्यानमा राखेर मन्त्री हेरफेरबारे छलफल भएको स्रोतले जनायो ।

यसअघि सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरिसकेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend