फाइल फोटो।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले नयाँ पार्टीको घोषण गदैछन्।
नेकपा एमालेका पूर्वनेता गौतमले आज मंगलबार दिउँसो ३ बजे रिपोर्टस क्लबमा पत्रकाकार सम्मेलन गर्दै नयाँ दलको औपचारिक घोषणा गर्न लागेका हुन्।
नयाँ पार्टीमा ७० जना केन्द्रीय कमिटी सदस्य रहने हालसम्म फाइनल भएको प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए।
उनले नेकपा विभाजनपछि एमाले र एकीकृत समाजवादी कतैपनि नलागी सबै कम्युनिष्ट एक हुनुपर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका थिए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend