आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय

जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय

फाइल तस्बिर

काठमाडौं १४ असार । सत्तारुढ जनता समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षीय नेताहरुको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।

उनका अनुसार त्यो भेलामा संयोजक बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको थिएन । एक नेताले दिएको जानकारीअनुसार करिब २० जना कार्यकारिणी सदस्यको उपस्थिति थियो ।

सोमबार राति बसेको बैठकले सरकारमा रहेका चारजना मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरेको हो । नयाँ पठाउने अधिकार पनि अध्यक्ष यादवलाई नै दिइएको छ ।

जसपाबाट सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यावद र कृषि मन्त्री महिन्द्र राय यादव रहेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend