आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौंमा भारी वर्षा, नदी किनार क्षेत्रबाट यात्रा गर्दा सावधानी अपनाउन आग्रह

 

 

काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

जसकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend