फाइल तस्विर
काठमाडौं ७ असार । प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन्।
‘एकजना नेताले शेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,” सांसद भट्टराईले भने, ‘लगानीकर्ताले शेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ।’
उनले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको शेयर बजारमा सुधार ल्याउन जरुरी रहेको बताए। यस्तो अवस्थामा राज्यले बेवास्ता गरेर बस्न नमिल्ने पनि उनले बताए।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend