आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइनःओली

आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइनःओली

 

काठमाडौं ७ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ नभएको स्पष्ट पारेका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन गर्दै आएको भूभाग भएको उल्लेख गर्दै त्यो चाहियो भन्नु अर्घेल्याइँ नभएको प्रष्टाए ।

मंगलबार पूर्वराजदूतहरुको समूहले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छिमेक सम्बन्धिलाई सुदृढ बनाउनकै लागि आफूले भौगोलिक अखण्डताको सवालमा प्रधानमन्त्री हुँदा भारतसँग उच्चस्तरीय वार्ता गरेको र राजनीतिक खचपच नभएको भए हालसम्म लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूगोल भइसक्ने जस्तो आफूलाई लाग्ने गरेको पनि बताए ।

अध्यक्ष ओलीले राष्ट्रिय हितको पक्षमा खुलस्त भएर कुराकानी गर्दामात्रै देशहरुको बीचको सम्बन्ध अझ सुदृढ हुने कुरा आफूले उच्च स्तरीय वार्ताको क्रममा पटकपटक राखेको पनि स्मरण गरे । अध्यक्ष ओलीले हामीले आफ्नो भूगोल चाहियो भन्नु कुनै राष्ट्रसँगको सम्बन्ध बिगार्नु नरहेको पनि पटकपटक दोहो¥याए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend