काठमाडौं २ असार । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा विजयी भएका जनप्रतिनिधिहरुलाई दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरु गरेको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। प्रशिक्षण आज र भोलि हुनेछ।
उद्घाटन पछि सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच वर्षभित्र देखिने गरी पालिकाको विकास गर्न जनप्रतिनिधिलाई आग्रह गरेका छन् । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिँदै विकासका कामहरुमा भिजन र योजनासहित प्रस्तुत हुन आग्रह गरेका हुन् ।
पार्टी स्कूल विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा एमालेबाट निर्वाचित पालिकाका प्रमुखरअध्यक्ष र उपप्रमुखरउपाध्यक्ष सहभागी छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend