काठमाडौँ १ असार । सरकारले जेठ १ गतेबाट लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ।
जेठ १ गतेबाट सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुई दिन बिदा भएसँगै बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गरिएको थियो।
दुई दिन बिदा दिने निर्णय खारेज भएसँगै कार्यालय समय पनि पहिलेकै कायम गरिएको छ। अब बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालय समय तोकिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend