आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एमाले सांसद तामाङले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उठाए यस्तो प्रश्न

एमाले सांसद तामाङले प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उठाए यस्तो प्रश्न

 

काठमाडौं २९ जेठ । एमाले सांसद शेरबहादुर तामाङले प्राकृतिक प्रकोप ग्रस्त सिन्धुपाल्चोक जिल्लालाई विश्व बैंकले दिएको आर्थिक सहायता कहाँ गयो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले यसबारे सरकारलाई रुलिङ गर्न सभामुख अग्नि सापकोटालाई आग्रह गरे ।

जुरे पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपका धेरै घटनाहरु घटेपछि सरकारले सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्लाको घोषणा गरेको र विश्व बैंकमार्फत साढे ३ अर्ब रुपैया प्राप्त गरेको बताए । मेलम्चीमा आएको बाढीबाट ७० अर्ब भन्दा बढी क्षति पुर्याएको र सबै प्रकोपलाई सम्वोधन गर्न विश्व बैंकबाट साढे ६ अर्बभन्दा बढी रकम प्राप्त भएपनि कुनै काम नभएको बताए ।

उनले भने– ‘सिन्धुपाल्चोक जिल्ला सभामुखको आफ्नै जिल्ला पनि भएकोले यसबारेमा सरकारलाई रुलिङ होस् । अहिलेसम्म ३ वटा पालिकाबीच सम्पर्क छुटिसकेको छ । विश्व बैंकले दिएको यो रकम अन्तै तलब भत्तामा खर्च भयो कि रु जिल्लाको आएको पैसा त्यहीँ खर्च गरियोस् ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend