बिष्णु प्रसाद शर्मा,
सदाचारको उलंघन भै बैदिक सनातन कुल धर्म प्रति कुप्रभावको प्रदर्शन गराउन थालिएको लामै समय भइसकेको छ । जीवन यापनका लागी उपयोगी र अनुपयोगी पक्ष भइ नै हाल्छ । बैदिक मान्यतामा आधारित सदाचारका नियमहरु धेरै रहेको पाइन्छ र नेपाली जनता बेद भित्रका शब्दहरुलाई अक्षरस पालना गर्दै आएका थिए र पालना गरि राख्नु पर्दछ भन्ने मान्यता रहेको छ । नेपाली जनताको आस्था माथि बज्रपात हुनु राम्रो होइन, परिणाम धेरै गम्भिर हुने छ ।
बि. स. ०३ साल देखि नेपाली भूमि प्रयोग गर्दै दक्षिणले नेपालकै नागरिकहरुलाई प्रयोग गरेर एउटा ठूलो प्रयोगशालाका रुपमा हिनता बोधक कार्य गर्दै गर्दा पनि नेपालका शाह बंशिय राजाहरुले नेपाली जनता र भारतीय जनता प्रति कुनै प्रकारको भेदभाव नदेखाई समानताको हैसियत दिएकै थिएता पनि उच्च पदस्थ शासकहरुलाई भने शंकाका घेरामा राखेर पञ्चशिलताको मार्गबाट अघि बढन थालेका थिए र सबै मित्रराष्ट्रहरु प्रति उच्च सम्मानजनक तर राष्ट्र हितका सम्बन्धमा ठिक ठिक स्थान दिदै आएको अबस्था थियो ।
बि. स. ०४६ सालमा परिवर्तन गर्दै पञ्चशिलताकै शिद्धान्तलाई अगाडी राख्दा राजाको हैसियतलाई बिदेशीहरुवाट खुलेर नकार्न सक्ने अबस्था थिएन । जव बिदेशीहरुले नेपाली जनता मध्ये तल्लो तह अर्थात ग्रामिण भेगसम्म पुग्न दलहरुको सहयोग जुट्यो र राता रात त्यो भेगमा पुग्ने अबसर प्राप्त भए पछि धेरै जातजाती मध्येबाट ब्राम्हण, क्षेत्री र दलित भनेर तीन प्रकारका बर्गलाई अगाडी देखाउने, भड्काउने र ब्राम्हण क्षेत्रीले अरु बर्गलाई दवाई थिचोमिचो गरि राखेको छ भन्ने अनरगल प्रचारहरु ती दलितहरु मार्फत गराउने काम भयो र दलहरुले समर्थन गरि उनीहरुलाई उचाल्दै आउन थालेका थिए । यो गम्भिर त्रुटिपूर्ण कार्य थियो । हामीले सात समुन्द्र पारिका बिदेशी पाहुँनाहरु भनेर मान्दै र जान्दै आएका फिरंगी बैरीहरुलाई हामीलाई नै नराम्रो बनाएर उनीहरुको स्वार्थ सिद्ध हँुदै गयो । श्राद्ध गर्ने ब्राम्हणहरु उनीहरुकै लहै -लहैमा बहकिएर सेवन गर्नै नहुने पदार्थहरु आँखा चिम्लेर धोक्न थाले । यी दृश्यहरु दुश्मनको क्यामेरामा कैद भए । ४६ पछि नेपाल अनेक प्रकारका दलहरु सेप्टी ट्यांकमा किरा भरिए झै देशै भरि झांगिए, यसको फाइदा बिदेशी फिरंगीहरुले गम्भिरताका साथ लिए । नेपाली जनताले पत्तोसम्म पाउँन सकेनन् र बहकिदै गए र आजसम्म पनि बहकिदै छन् । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend