काठमाडौं २३ जेठ । नेकपा एकीकृत समाजवादीले सिफारिस गरेका नयाँ मन्त्रीले आज सपथग्रहण गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरू जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्ने भएका हुन्।
एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठलाई फिर्ता बोलाएको छ। उनीहरूको ठाउँमा पठाइएका नवनियुक्त मन्त्रीहरूको सपथग्रह आज हुने बताइएको हो।
स्वास्थ्य राज्मन्त्री भवानी खापुङको भने स्वास्थ्यमन्त्रीमा बढुवा हुने भएको छ। पार्टी सिफरिसअनुसार श्रेष्ठलाई पर्यटन, चौधरीलाई सहरी विकास, कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ। नेपाल समयबाट
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend