काठमाडौँ । वैदेशिक रोजगारीका नाममा ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो ।
अभियुक्तमध्ये रामबहादुरले क्यानडा पठाउने भन्दै चार जनाबाट ३९ लाख ५८ हजार, आशिषले न्युजिल्याण्डको प्रलोभनमा पारेर तीन जनाबाट १३ लाख, लोकबहादुरले बेलायतमा राम्रो कमाइ हुन्छ भन्दै एक जनाबाट १९ लाख, तुलसाले अमेरिका पठाउने भनेर एक जना पीडितबाट १० लाख, कृष्णप्रसादले दुबइको लोभ दोखाएर एक जनाबाट १० लाख र प्रवीणले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट ६ लाख ठगेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend