सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बालेन सरकारलाई प्रजातान्त्रिक पार्टी नेपालको समर्थन, राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग

बालेन सरकारलाई प्रजातान्त्रिक पार्टी नेपालको समर्थन, राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापनाको माग

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष तारानाथ लुईटेलले राजसंस्था, वैदिक सनातन हिन्दुराष्ट्र तथा राष्ट्रिय उद्योगहरूको पुनर्स्थापनाको पक्षमा आफूहरू दृढ रूपमा उभिएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले विदेशी शक्तिको प्रभावका कारण नेपालमा राजसंस्था, हिन्दुराष्ट्र र विभिन्न उद्योगहरू समाप्त गरिएको दाबी गरेका छन् ।

लुईटेलले नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्तावलाई ११६ राष्ट्रले समर्थन गरे पनि विदेशी हस्तक्षेपका कारण त्यसलाई असफल बनाइएको उल्लेख गरेका छन् । उनले अहिले बालेन सरकार विदेशी प्रभावबाट मुक्त भएर अघि बढिरहेको दाबी गर्दै राजसंस्था, वैदिक सनातन हिन्दुराष्ट्र पुनर्स्थापना तथा विगतमा बिक्री गरिएका उद्योगहरू पुनः सञ्चालनतर्फ अग्रसर भएको बताएका छन् ।

उनले बालेन सरकारलाई साहसका साथ अघि बढ्न आग्रह गर्दै प्रजातान्त्रिक पार्टी नेपाल आफ्नो पार्टी खम्बा झैँ साथमा उभिने बताएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend