काठमाडौं । चीनका राष्ट्रपति Xi Jinping ले अघि सारेको ‘ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (GGI)’ तथा ग्लोबल साउथ मुलुकहरूमा यसको प्रभाव र पछिल्लो समय परिवर्तन भइरहेको विश्व शक्ति सन्तुलनका विषयमा काठमाडौंमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका विज्ञहरुले धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रपति सी को विश्वव्यापी शासन पद्वती र पहल, यसको प्रभाव र भर्खरै वदलिएको विश्व शक्ति संतुलन वारेमा वक्ताहरुले धारणा राखेका थिए । क्लाउडका अध्यक्ष शोभित उप्रेती, अर्थशास्त्री डा. सुदन ओली, क्लाउडकी कार्यक्रम मनिषा श्रेष्ठ, संयोजक भुटानका पूर्व मन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता. डा. बेलाल होसिन, भारतकि विदेश मामिला विज्ञ एवम प्राध्यापक डा. रेणु रानाले धारणाले राखेका थिए ।
जेठ ८ गते काठमाडौंस्थित The Everest Hotel मा आयोजित कार्यक्रममा काठमाडौंस्थित चिनियाँ दूतावासका प्रतिनिधिहरूका साथै भारत, बंगलादेश, भुटान र नेपालका बुद्धिजीवी, व्यवसायी, राजनीतिज्ञ, कलाकार, कूटनीतिक मामिलाका जानकार, सुरक्षाविद्, पत्रकार तथा प्रशासनिक क्षेत्रका अनुभवी व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले विश्व राजनीतिमा तीव्र रूपमा परिवर्तन भइरहेको शक्ति सन्तुलन, विकसित र विकासोन्मुख राष्ट्रहरूबीचको सम्बन्ध, ग्लोबल साउथ मुलुकहरूको बढ्दो भूमिका तथा चीनद्वारा अघि सारिएका बहुपक्षीय अवधारणाहरूको प्रभावबारे आफ्ना धारणा राखेका थिए । उनीहरूले विश्व व्यवस्थामा उदाउँदै गएको नयाँ शक्ति संरचनाले दक्षिण एशियाली राष्ट्रहरूलाई अवसर र चुनौती दुवै सिर्जना गरेको उल्लेख गरेका थिए ।

छलफलका क्रममा जीजीआईमार्फत विकास, पूर्वाधार, व्यापार, सांस्कृतिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धका नयाँ सम्भावनाहरूबारे समेत विचार आदानप्रदान गरिएको थियो । सहभागीहरूले बदलिँदो भूराजनीतिक परिवेशमा नेपालजस्ता मुलुकले सन्तुलित कूटनीति अपनाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रपति सी ले “ग्लोबल साउथ” (विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूह) लाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्ति भनेर वर्णन गर्दै आएका छन्। लोबल बल साउथ विश्व शान्ति कायम गर्ने, साझा विकास अगाडि बढाउने र अन्तर्राष्ट्रिय व्यवस्थामा सुधार ल्याउने महत्वपूर्ण शक्ति हो। विकासशील देशहरूले आफ्नै आवाज बलियो बनाउनुपर्छ र विश्व शासन प्रणालीमा समान अधिकार पाउनुपर्छ भन्ने कुरालाई यसले जोड दिएको छ। कुनै पनि देशलाई विकासको अधिकारबाट वञ्चित गरिनु हुँदैन, सबै राष्ट्रले समान अवसर पाउनुपर्छ भन्ने धारणा छ
कार्यक्रमको विशेष आकर्षणका रूपमा सहभागी पाहुनाहरूलाई ‘टोकन अफ लभ’ स्वरूप नेपालकै नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै गएको Shailung को आकर्षक तस्बिर समर्पण गरिएको थियो । उक्त तस्बिरले नेपालको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र सांस्कृतिक पहिचानलाई झल्काउने आयोजकहरूको विश्वास रहेको थियो ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले यस्ता बौद्धिक एवं कूटनीतिक अन्तरक्रियाले क्षेत्रीय समझदारी र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend