काठमाडौं । भारतको पुणे, महाराष्ट्रस्थित Akhil Lokkala Cultural Organization ले नेपालका सुदर्शन राजोपाध्यायलाई “भारत उत्सव २०२६” मा निर्णायक (ज्युरी) का रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएको छ।
संस्थाका महासचिव डा. प्रमोद ननवरेले पठाएको निमन्त्रणापत्रअनुसार “भारत उत्सव २०२६” आगामी मे १६ देखि २२ तारिख २०२६ सम्म भारतको पुणे, महाराष्ट्रमा आयोजना हुने भएको छ। कार्यक्रममा विभिन्न कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन् भने उक्त प्रस्तुतीको मूल्यांकन तथा निर्णायकको भूमिका निर्वाह गर्न सुदर्शन राजोपाध्यायलाई आमन्त्रण गरिएको हो।
निमन्त्रणापत्रमा आयोजक संस्थाले राजोपाध्यायको सम्मानजनक उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाउने विश्वास व्यक्त गरेको छ। साथै सांस्कृतिक क्षेत्रको प्रवर्द्धन र कलाकारहरूको उत्साहवर्द्धनका लागि उहाँजस्ता व्यक्तित्वको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ।
संस्थाले निमन्त्रणाको सकारात्मक पुष्टि गर्न आग्रह गर्दै यात्रा टिकटसहितको जानकारी उपलब्ध गराउन पनि अनुरोध गरेको छ। कार्यक्रमबारे थप जानकारीका लागि आयोजक संस्थाका महासचिव डा. प्रमोद ननवरेसँग +९१ ९२२५६२३७९५ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend