सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्रीको राजीनामा माग गर्दै हर्क साम्पाङले निकाले विज्ञप्ति

प्रधानमन्त्रीको राजीनामा माग गर्दै हर्क साम्पाङले निकाले विज्ञप्ति

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को राजीनामा माग गरेका छन् । शुक्रबार (जेठ १) विज्ञप्ति जारी गर्दै उनले संसद्‌मा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको टिप्पणी गरेका हुन् ।

साम्पाङले प्रधानमन्त्रीले संसद्‌लाई अपमान गरेको आरोप लगाउँदै जनताका प्रश्नको उत्तर दिन नसकेको बताएका छन् । संसद्‌बाट निर्वाचित प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने धारणा राखेका छन् ।

“कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ,” विज्ञप्तिमा उल्लेख छ ।

साम्पाङले प्रधानमन्त्री जनताका प्रश्नबाट भागेर लुकेर बसेको आरोपसमेत लगाएका छन् । “संसद्‌बाट चुनिएको प्रधानमन्त्रीले कुन नैतिकताको आधारमा आफूलाई प्रधानमन्त्री ठानिरहेको छ ? आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरुको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृत्ति हो यो ? यसले कस्तो नजिर बसाउँछ ?” उनले प्रश्न गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend