सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ललितपुर बार एशोसिएशन निर्वाचनमा सुवेदी नेतृत्वको समूहलाई विजयी गराउने अभियान तीव्र

ललितपुर बार एशोसिएशन निर्वाचनमा सुवेदी नेतृत्वको समूहलाई विजयी गराउने अभियान तीव्र

काठमाडौं ।    ललितपुर बार एशोसिएशनको २०८३ साल जेष्ठ २ गते शनिबार हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै गणतान्त्रिक, प्रगतिशील तथा पेशागत कानून व्यवसायीहरूको चुनावी अभियान तीव्र बनेको छ । अधिवक्ता कृष्ण प्रसाद सुवेदीको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहले कानून व्यवसायीहरूको हकहित, पेशागत मर्यादा, न्यायिक स्वतन्त्रता तथा बारको संस्थागत सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएको जनाएको छ ।
निर्वाचन नजिकिँदै जाँदा समूहका उम्मेदवारहरू कानून व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट, छलफल तथा प्रचार–प्रसारमा सक्रिय देखिएका छन् । समूहले अनुभवी, इमानदार र पेशाप्रति समर्पित नेतृत्वलाई विजयी गराउन अपिल गर्दै आएको छ ।

यसैक्रममा कोषाध्यक्ष पदकी उम्मेदवार अधिवक्ता इन्दु पाण्डेयले ललितपुर बारलाई अझ पारदर्शी, जिम्मेवार र सदस्यमैत्री संस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले बारको आर्थिक प्रणालीलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउँदै युवा कानून व्यवसायीहरूको क्षमता अभिवृद्धिमा विशेष कार्यक्रम ल्याउने बताइन् ।

“बार केवल एउटा संस्था मात्र होइन, यो कानून व्यवसायीहरूको साझा आवाज हो । त्यसैले जिम्मेवार र प्रतिबद्ध नेतृत्व आवश्यक छ,” उनले भनिन् ।

अधिवक्ता पाण्डेयले सम्पूर्ण कानून व्यवसायीहरूलाई गणतान्त्रिक, प्रगतिशील तथा पेशागत समूहका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन आग्रह गरेकी छन् ।

समूहले न्यायिक क्षेत्रको गरिमा जोगाउने, पेशागत अधिकारको संरक्षण गर्ने तथा नयाँ पुस्ताका कानून व्यवसायीहरूको भविष्य सुरक्षित गर्ने स्पष्ट योजना अघि सारेको दाबी गरेको छ । निर्वाचनमा अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको प्यानलप्रति कानून व्यवसायीहरूको उत्साहजनक समर्थन देखिएको प्रचार टोलीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend