सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

नागरिक सर्वोच्चता, समावेशी प्रजातन्त्र र आर्थिक समृद्धिमा जोड

नागरिक सर्वोच्चता, समावेशी प्रजातन्त्र र आर्थिक समृद्धिमा जोड

काठमाडौं । राजनीतिज्ञ गोबिन्द निरौलाले नेपालमा राजनीतिक स्थिरता, नागरिक सद्भाव र आर्थिक समृद्धिका लागि समावेशी प्रजातन्त्र, वैज्ञानिक सोच र उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै मुलुकको दीर्घकालीन स्थायित्वका लागि नागरिक सर्वोच्चता भएको समावेशी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताएका हुन्।

निरौलाले नागरिकबीच सद्भाव कायम राख्न  बैद्धिक   सनातन धार्मिक राज्य घोषणा आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। उनका अनुसार राष्ट्रको आत्मा संरक्षण, स्वाभिमानको रक्षा र नागरिकको प्रतिष्ठा सुनिश्चित गर्न स्वास्थ्य, शिक्षा र रोजगारको व्यवस्था अपरिहार्य छ।

उनले आर्थिक समृद्धिको आधार उद्योग, उत्पादन र व्यापार भएको उल्लेख गर्दै देशलाई आत्मनिर्भर बनाउन उत्पादनमुखी अर्थतन्त्रतर्फ अघि बढ्नुपर्ने बताएका छन्। आधुनिकताको आधार प्रविधि भएको उल्लेख गर्दै उनले विश्वस्तरमा नेपालको अस्तित्व र महत्व स्थापित गर्न विज्ञान र प्रविधिको प्रयोग अनिवार्य रहेको धारणा राखेका छन्।

निरौलाले शिक्षा, स्वास्थ्य र रोजगारीको तत्काल व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै बसाइँसराइ रोक्न प्रत्येक पालिकामा सुविधा सम्पन्न अस्पताल तथा प्राविधिक शिक्षासहितका पाठशालाको व्यवस्था गर्नुपर्ने बताएका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend