सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं। आज प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यसूची रहेको छ।

त्यस्तै बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफलको कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend