सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भव्य कार्यक्रममा सहभागी हुन महासङ्घको आह्वान

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भव्य कार्यक्रममा सहभागी हुन महासङ्घको आह्वान

काठमाडौं । पेसागत महासङ्घ नेपालले १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस–२०८३ को अवसरमा आयोजना गर्न लागिएको विशेष कार्यक्रममा व्यापक सहभागिताका लागि आह्वान गरेको छ।

महासङ्घका अध्यक्ष पुन्य प्रसाद ढकालद्वारा जारी आह्वानमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूका साथै महासङ्घसँग आवद्ध तथा सम्वद्ध विभिन्न घटक संघ, संगठन र प्रतिष्ठानहरूबाट उपलब्ध सम्पूर्ण सदस्यहरूलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

साथै सार्वजनिक प्रशासन क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकहरूलाई पनि उक्त कार्यक्रममा भव्य रूपमा सहभागी भई श्रमिक एकता प्रदर्शन गर्न निमन्त्रणा गरिएको छ।

महासङ्घले श्रमिक अधिकार, सम्मान र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend