काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङ जिल्ला कार्यसमितिको महत्वपूर्ण एजेन्डासहितको बैठक यही २०८३ साल बैशाख १९ गते शनिबार बाग्लुङको गल्कोटस्थित पार्टी कार्यालयमा आयोजना हुने भएको छ। बैठकलाई प्रभावकारी र सहभागितामूलक बनाउन विभिन्न तयारीहरू अघि बढाइएका छन्।
यसै सन्दर्भमा काठमाडौंमा रहेका बाग्लुङ जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई लक्षित गर्दै निःशुल्क सवारी व्यवस्थासमेत मिलाइएको जानकारी दिइएको छ। विशेषगरी अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिँदै सीमित सिटमा निःशुल्क यात्रा सुविधा उपलब्ध गराइने जनाइएको छ।
बैठकमा सहभागी हुन इच्छुक पदाधिकारीहरूलाई २०८३ बैशाख १८ गते शुक्रबार बिहान ठीक ७ बजे काठमाडौंको स्वयम्भूमा उपस्थित हुन अनुरोध गरिएको छ।
रास्वपा बाग्लुङ जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै सहभागी हुन चाहनेलाई सम्पर्क गर्न आग्रह गरेका छन्। उनका अनुसार सवारी सुविधा सीमित भएकाले समयमै सम्पर्क गरी सुनिश्चितता लिन आवश्यक रहेको छ। सम्पर्कका लागि ९८५१०६५५१८, ९८०१०६५५१८ र ९८५६०६५५१८ नम्बर उपलब्ध गराइएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend