सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट पहिचान र बासस्थान व्यवस्थापन आवश्यक : ओम प्रकाश बिश्वकर्मा

सुकुम्बासी समस्या समाधानका लागि स्पष्ट पहिचान र बासस्थान व्यवस्थापन आवश्यक : ओम प्रकाश बिश्वकर्मा

काठमाडौं । नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओम प्रकाश बिश्वकर्माले सुकुम्बासी समस्याको दिगो समाधानका लागि पहिचान र वर्गीकरण अपरिहार्य रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई उचित बासस्थानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन्।

अध्यक्ष बिश्वकर्माले सुकुम्बासी समस्यालाई वर्षौंदेखि जटिल बनाइरहेको उल्लेख गर्दै यसको समाधानका लागि स्पष्ट नीति, पारदर्शी प्रक्रिया र व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए। उनका अनुसार वास्तविक सुकुम्बासी र अन्य व्यक्तिहरूबीच स्पष्ट भिन्नता नगर्दा समस्या झन् पेचिलो बन्दै गएको छ।

उनले राज्यले जिम्मेवारीपूर्वक सुकुम्बासीको तथ्यांक संकलन, वर्गीकरण र दीर्घकालीन बसोबास व्यवस्थापनमा ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। “वास्तविक सुकुम्बासीलाई उचित बासस्थान उपलब्ध गराई सम्मानजनक जीवन सुनिश्चित गर्नु नै समस्याको दीर्घकालीन समाधान हो,” उनले बताएका छन्। उनले राजनीतिक लाभका लागि सुकुम्बासी मुद्दा प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने पनि संकेत गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend