सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जडीबुटी क्षेत्रमा अतिक्रमण हटाउने क्रममा झडप, प्रहरीसहित केही घाइते

जडीबुटी क्षेत्रमा अतिक्रमण हटाउने क्रममा झडप, प्रहरीसहित केही घाइते

काठमाडौं । काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने क्रममा झडप हुँदा स्थिति तनावपूर्ण बनेको छ।

भक्तपुरतर्फ पर्ने सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाउन पुगेको सुरक्षाकर्मी र प्राविधिक टोलीमाथि स्थानीयले ढुंगा प्रहार गरेपछि स्थिति असामान्य बनेको हो। सुकुम्बासी बस्तीका नाममा ओगटिएको जग्गाबाट संरचना हटाउन थालेपछि केही स्थानीयले विरोध जनाउँदै एक्कासि आक्रमण गरेका थिए।

ढुंगा प्रहारबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका केही कर्मचारी घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको छ र उनीहरूको उपचार भइरहेको छ।

अतिक्रमण हटाउने क्रममा केही उच्छृङ्खल समूहले सुरक्षाकर्मीलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि अवस्था थप तनावग्रस्त बनेको थियो। स्थिति नियन्त्रण बाहिर जान सक्ने आकलनपछि प्रशासनले आजका लागि हटाउने कार्य स्थगित गरेको जनाएको छ।

घटनापछि प्राविधिक र सुरक्षा टोली घटनास्थलबाट फर्किएको छ भने स्थानीय र प्रशासनबीचको विवादका कारण केही समय सवारी आवागमन समेत प्रभावित भएको थियो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend