काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन्।
सभामुख अर्यालले आज बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा बैठक बोलाएका हुन्। उक्त छलफलमा प्रतिनिधि सभामा रहेका सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूको सहभागिता रहनेछ।
बैठकमा कूटनीतिक राहदानी सिफारिसलगायत समसामयिक संसदीय विषयहरूमा छलफल हुने जनाइएको छ। साथै संसद् सञ्चालनसँग सम्बन्धित अन्य विषयहरूमा पनि धारणा आदानप्रदान हुने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend