काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुइटेलले झन्डै दुई तिहाइ बहुमतको सरकार गठन भएको तीन हप्ता नपुग्दै मन्त्रीहरूको नैतिकता र कार्यशैलीमाथि प्रश्न उठ्न थालेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो अवस्था कुनै पनि रूपमा सुखद संकेत नभएको उल्लेख गरेका छन्। जनताले ठूलो बहुमतसहित सरकारलाई दिएको भरोसामाथि अहिले मन्त्रीहरूसँग सम्बन्धित उठिरहेका टिप्पणीहरूले गम्भीर प्रश्नचिह्न खडा गरेको उनको भनाइ छ।
लुइटेलका अनुसार बहुमतको सरकारबाट जनताले अपेक्षा गरेको पारदर्शिता, उत्तरदायित्व र जनमुखी कामको सट्टा प्रारम्भिक चरणमै देखिएको विवादले सरकारप्रतिको विश्वास कमजोर पार्न सक्छ। उनले मन्त्रीहरूको व्यवहार र निर्णय प्रक्रियामा नैतिकता र जिम्मेवारीको स्पष्ट झल्को देखिनुपर्नेमा जोड दिएका छन्।
उनले अन्ततः सरकारलाई जनअपेक्षा अनुसार काम गर्न, सुशासन कायम गर्न र विश्वासको वातावरण पुनः स्थापित गर्न आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend