सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

  सामाजिक सञ्जालमा गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी भाइरल

  सामाजिक सञ्जालमा गोकुल बास्कोटाको व्यंग्यात्मक टिप्पणी भाइरल

Gokul Baskota

काठमाडौं । पछिल्लो समय सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया देखिइरहेका बेला गोकुल बास्कोटाको एक व्यंग्यात्मक फेसबुक पोस्ट चर्चामा आएको छ।

उनले आफ्नो फेसबुकमार्फत देशको वर्तमान अवस्थामाथि कटाक्ष गर्दै लेखेका छन्, “आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भयो। देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ। समृद्धि आएछ, सुशासन त्यहीँबाट आरम्भ भइहाल्छ।”

उनले अगाडि थप्दै परम्परागत उखानलाई संकेत गर्दै “जहाँ कङ्गाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ” भन्दै व्यंग्य गरेका छन्। पोस्टको अन्त्यमा उनले “झिक्कै झिक्कै माया तिमीलाई” लेख्दै आफ्नो टिप्पणीलाई अझ व्यंग्यात्मक बनाएका छन्।

उनको उक्त अभिव्यक्ति मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको बहससँग जोडिएको रूपमा हेरिएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको पोस्टलाई विभिन्न कोणबाट व्याख्या गर्दै समर्थन र आलोचना दुवै गरेका छन्।

हाल यो पोस्ट फेसबुकसहित विभिन्न प्लेटफर्ममा व्यापक रूपमा शेयर भइरहेको छ र समसामयिक राजनीतिक अवस्थामाथि गरिएको व्यंग्यका रूपमा चर्चा बटुलिरहेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend