खबबरब्रेकिंग, बुटवल, बैशाख,१५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्। एमालेका लीला गिरी संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए। गिरी पदमुक्त भएपछि चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
शपथपछि मुख्यमन्त्री चौधरीले आजै गठबन्धनमा सामेल केही दलहरूको प्रतिनिधित्व रहने गरी चार सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित चारजनाले शपथ ग्रहण गर्ने भएका छन्। आज मुख्यमन्त्री कांग्रेसका चौधरीसहित माओवादी केन्द्रबाट धनबहादुर मास्के (राजेश), नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी र लोसपाबाट सन्तोष पाण्डे मन्त्री बनेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend