उद्धव मिश्र
खबरब्रेकिंग, काठमाडौं बैशाख १२ गते । उपनिर्वाचनको मतपरिणामले प्रमुख ठूला दलहरु काँग्रेस, एमाले, माओवादी केन्द्र लगायतलाई नराम्रो संग झस्काएको छ । रबि लामिछानेको पूनः जित र स्वर्णिम वाग्लेको जितले यति बेला देश भरी नै खुशियाली छाएको छ । लामो समय देखि राजनीति इतिहास बोकेका ठूला दलहरुलाई अब जनताले नपताउने संकेत देखिएको छ । नेपाली जनताले शन्तिपूर्ण ढंगले आ आफनो मत मार्फत आमूल परिबर्तन ल्याउन खोजिरहेको देखियो । चितवन र तनहुँका जनताले यही कुरा प्रमाणित गरेर देखाएका छन । अब पुराना र ठूला राजनीतिक दलहरु माथि ठूलो संकट आउने सम्भावना देखिएको छ । ठूला दलहरु सुध्रिने कोसिस अझै गरेका छैनन् । यी दलहरुवाट वाक्क दिक्क भएर जनताले रबि लामिछाने नेतृत्वको पार्टीलाई रोजेका हुन । अब यही ताल हो भने ८४ सालको चुनावमा रास्वपाले बहुमत नल्याउला भन्न सकिदैन । यो पार्टी स्वत स्फूर्तिका साथ अघि बढने देखियो । यो पार्टी प्रति जनतामा उत्साह जागेको छ । योे उत्साहलाई मर्न दिनु हुदैन । उपनिर्वाचनको सिल सिलामा म उदव मिश्र, चण्डी राज मिश्र लगायतको टिम काठमाडौं बाट चितव, तनहुँ, बारा पुगेका थियौं । त्यहाँका जनतामा उत्साह जागेको देखेका थियौ । चितवन र तनहुँमा जनतामा झन ठूलो उत्साह थियो । म चितवन भएको बेला एक जना पत्रकार साथीले फोन बाटै मेरो अन्तरवार्ता लिनु पनि भएको थियो । मैले रबि र स्वर्णिमको जित निश्चित देखेको थिए । अन्तरवार्तामा पनि त्यही भनेको थिए । रास्वपाले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सक्यो भने भबिश्य राम्रै छ । अब ठूला दलहरुलाई गाहारो छ । यति लामो समय सम्म यी ठूला दलहरुले आलोपालो पटक पटक सरकार चलाए तर देश र जनताको पक्षमा सिन्को समेत भाँच्न सकेनन् । अहिले पनि केही साना दल र तीनै ठूला दल सरकारमा छन । एमाले सरकार देखि बाहिर छ । अब देशको राजनीति नयाँ ढंगले अघि बढने देखियो । अहिलेको उपनिर्वाचनको मत परिणामले देश भरी तरंग ल्याएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend